Regional Level Orientation/Training
कार्यान्वयन प्रकृया:
स्तरीय उपचार पद्धती (Standard Treatment Protocol) सम्बन्धि क्षेत्रीय अभिमुखीकरण/तालिम महाशाखाबाट सञ्चालन गरिनेछ।
तालिम सञ्चालन हुने अबधि: क्षेत्रीय अभिमुखीकरण/तालिम सञ्चालन ३ दिनको हुनेछ र तयारी दिन २ गरी जम्मा ५ दिन।
तालिम सञ्चालन हुने जिल्लाः तालिम सञ्चालन हुने जिल्ला बजेट तथा कार्यक्रममा तोकिए अनुसार हुनेछ। तालिममा सहभागिताः तालिममा सञ्चालन हुने प्रत्येक चरणमा प्रमुख अतिथि, अतिथिहरु, श्रोतब्यक्तिहरु, सहजकर्ताहरु, तालिम संयोजक, प्रशिक्षकहरु, सहयोगि कर्मचारी तथा आवश्यक्ता अनुसार बिषय बिज्ञ र तोकिएका जिल्लाबाट आवश्यकता अनुसार प्राबिधिक कर्मचारीलाई प्रशिक्षक प्रशिक्षार्थी को रुपमा सहभागी गराईनेछ।
प्रशिक्षकको ब्यबस्था: स्वा.से.विभाग अन्तर्गतका महाशाखाहरु, रा.स्वा.तालिम केन्द्र र आवश्यक परेमा बिषय बिज्ञको रुपमा अन्य क्षेत्रबाट समेत र स्थानीय तह बाट ब्यबस्था गर्न सकिने छ।
बजेट व्यवस्था: क्षेत्रीयस्तरको अभिमुखीकरण/तालिम संचालनको लागि यस महाशाखाको स्वीकृत बार्षिक कार्यक्रममा बजेट ब्यबस्था भए बमोजिमको विनियोजित रकमलाई आवश्यकता अनुसार कार्यक्रम खर्च शिर्षकहरुमा विभाजन गरी स्वीकृत गराई प्राथमिक स्वास्थ्य सेवा पुनर्गागरण महाशाखाले कार्यान्वयन गर्नेछ।